लायन्स क्लब विराटनगर रानीद्धारा २५४ पिन्ट रगत संकलन

<span class='c1'>लायन्स क्लब विराटनगर रानीद्धारा</span> <span class='c2'>२५४ पिन्ट रगत संकलन</span>

विराटनगर । विराटनगर रानीमा रहेको लायन्स क्लब अफ बिराटनगर रानी र लियो क्लब अफ विराटनगर रानीद्वारा रक्तदान गरेको छ ।


विराटनगर १५ र १६ को सिमानामा पर्ने बैंकचौक स्थित बुधबार सयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको हो ।
विराटनगरमा रगतको अभाव भईरहेको अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ बिराटनगर रानी र लियो क्लबले मिलेर सयुक्त रुपमा रक्तदान गरिएको क्लबका अध्यक्ष जितु रजकले जानकारी दिए । रक्तदान कार्यक्रममा २५४ जनाले रक्तदान गरेको अध्यक्ष रजकले जानकारी दिए ।


रक्तदान कार्यक्रममा सो क्षेत्रका वुद्धिजिवी वर्गहरुको सहभागिता जनाई रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा समाजिक अभियान्ता अमलेश कर्ण, उत्तम ढुंगेल लगायतले कांग्रेसका जिल्ला सदस्य राजेश गुप्ता, नगर उपसभापति अरूण नेउपाने, बुथ सभापति प्रकाश साह, यूवा नेताहरू सलिम अंन्सारी, अक्षय सहनीद्वारा रक्तदान गर्ने यूवाहरुलाई प्रोत्साहित गर्दै सम्मान पत्र वितरण गरेका थिए ।
पिन्ट रगत संकलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्