घरेलु मदिरा बरामद

<span class='c1'>घरेलु मदिरा</span> <span class='c2'>बरामद</span>

विराटनगर । मोरङ रंगेली–८ दर्बेशाचोक बाट प्रहरीले १२० लिटर घरेलु मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दोहमनाबाट गस्तीमा खटिएको प्रहरीको टोलिले मदिरा बरामद गरेको हो ।

मदिरा बोक्ने व्यक्तिले प्रहरीलाई देखेपछि छोडेर भागेको दावी गरिएको छ । मदिरा आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने तयारी भईरहेको छ । यसैगरी विराटमगर–१९ धनपुराबाट अस्थायी प्रहरी चौकी घिनाघाटको प्रहरी टोलिले ६० लिटर मदिरा बरामद गरेको छ ।

प्रहरीले को १९ प ५४८ नं. को मोटरसाइकमा शंका लागेर चेकजाँच गर्ने क्रममा मदिरा बरामद गरेको हो । प्रहरीले चालक जहदा–३ का २८ वर्षीय उपेन्द्र साह र पछाडी बस्ने ३५ वर्षका श्याम मण्डल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्