बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा

बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले बिहिवारदेखि मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान शुरु गरेका हुन् । सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपालिकाबाट यो अभियान शुरु भएको हो ।

ग्रामिण क्षेत्रमा रगतको अभाव र त्यसको महत्वको बारेमा बुझाउन नसकिरहेको अबस्थामा बुढीगंगा १ मा रहेको सिर्जनशिल युवा समाज नेपालले रगतको अभाव भएका विरामीको लागि रक्तदाता जुटाउने काम गुरु गरेको संस्थाले जनाएको छ ।
युवाहरुको अभियानमा बुढीगंगा गाउँपालिकाले पनि सहयोग गर्ने छ । गाउँगाउँमा रक्तदान अभियान संचानल गरेर रगतको अभावलाई कम गर्ने काममा युवाहरुको लागि प्रचार प्रसारको अभियानलाई पालिकाले साथ दिने भएको छ ।

बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले युवाले शुरु गरेको जोडिएको जीवन जोगाउने काममा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सिर्जनशिल युवा समाज नेपालका सल्लाहकार कपिल सुनारले बुढीगंगा गाउँपालिकामा नागरिकको जीवनसँग जोडिएको रगतको अभाव हुन नदिन शुरु भएको अभियान अत्यन्त नयाँ भएको बताउनुभयो । यो अभियानलाई हरेकको घर घरमा पुर्याउँदै रगतको अभाव हुन नदिनका लागि रक्तदान गर्नु पर्छ भन्ने भावनाको विकास गराईने सुनारले बताएका छन् ।

युवाहरुद्धारा संकलित रगत टंकीस्थित बिराट मेडिकल कलेज, टिचिङ हस्पिटलमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्तसंचार केन्द्रमा संकलन हुने सिर्जनशिल युवा समाज नेपालका अध्यक्ष सागर थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्