विराटनगर । विराटनगर जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण गरिएको छ । विराटनगरमा शनिबार अनलाईनमार्फत लोगो अनावरण गरिएको हो ।
लोगो अनावरण पछि ‘जेसिज र तपाई’ विषयमा अनलाईन अभिमुखीकरण गरिएको छ । जेसिजका बारेमा नेपाल जेसिजको पूर्व अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले जेसिज आस्था र विराटनगर जेसिजका बारेमा प्रशिक्षण दिएका हुन् ।
विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठले जेसिज सदस्यका फाईदा र सदस्य किन हुने विषयमा, पूर्व अध्यक्ष सन्दिपदास श्रेष्ठले जेसिज र नेपाल जेसिजका बारेमा, नेपाल जेसिजको पूर्व उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले लक्ष्य र उद्देश्यका बारेमा सहजीकरण गरेका थिए ।
अनलाईन तालिममा ८५ जनाको सहभागीता रहेको जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेले जानकारी दिएका छन् ।