विराटनगर । मोरङको जहदा गाउँपालिकामा दुई दिने लागुऔषध दुव्र्यसनी, महिला हिंसा तथा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको छ । लक्ष्मिनिया युवा क्लवले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध र महिला हिंसा विरुद्धको सचेतनासहित बाल अधिकारका विषयमा जानकारीमुलक तालिम आयोजना गरेको हो ।
तालिममा १९ जना छात्रा र ८ जना छात्र सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यलयकातर्फबाट मनिष लुइटेलले लागुऔषध, महिला हिंसा तथा बाल अधिकार सम्बन्धीको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष नितेश कुमार साहले अहिले पनि शिक्षाको कमि हुनाले महिलाहरु शोषित हुने तथा महिला हिंसाको शिकार हुने गरेकोले त्यसको अन्त्य गर्नका लागि तालिमको आयोजना गर्नु परेको दावी गरेका थिए ।