विराटनगर । प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७३० पुगेको छ ।