प्रदेश १ बाट २४ जना डिस्चार्ज, एकजनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ बाट २४ जना</span> <span class='c2'>डिस्चार्ज, एकजनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ माआज २४ जना डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको हो । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६८० पुगेको छ ।

प्रदेश १ मा शुक्रबार १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ७७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्