विराटनगर । नबिल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना अन्र्तगत आफ्ना सेवाग्राहीलाई अफर ल्याएको छ ।
बैंकले योजना अन्तर्गत रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष ब्याज छुट दिने योजना ल्याएको हो ।
जस अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत, साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत राखिएको छ । सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडि बढाउन सकिने नविल बैंकका संञ्चारप्रमुख कृष्ण सुवेदीले जानकारी दिएका छन् ।
यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास लिएको सुवेदीको दावी छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेकोे विराटनगर शाखा प्रमुख गुरुराज रेग्मीले जानकारी दिएका छन् ।