विराटनगर । नेपाली कांग्रेस मोरङले केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथिको भएको खुकुरी तथा छुरा प्रहार घटना सुनियोजित भएको बताएको छ । कांग्रेसले घटनाका विषयमा अबिलम्ब स्वतन्त्र अनुसन्धान गरिनुपर्ने माग गर्दै घटनालाई सुनियोजित भएको बताएको हो ।
यसै विषयलाई लिएर कांग्रेस मोरङको आकस्मिक बैठक समेत बसेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।
छुरा प्रहार बाट कार्कीको टाउको, पेट, गर्धन र हातमा चोट लागेको छ ।
घटना सामान्य नभइ नियोजित भएको र यस विषयमा नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीहरुलाई जानकारी गराएको सचिव घिमिरेले दावी गरे । घाइते कार्कीको विराटनगर स्थित नोबेल अस्पतालको न्युरो विभागमा उपचार भइरहेको छ । उनको टाउकोमा खुकुरी र पेटमा छुरा प्रहार गरिएको छ । अस्पताल स्रोतका अनुसार अहिले उनको अप्रेशन भईरहेको छ ।