विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ स्थित सैनिक टोलमा बस्दै आएकी ममता कुमारी मण्डलको कोठाबाट मोवायल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सप्तरीका बेलही चपेना गाउँपालिका–३ का सञ्जय मण्डल र ओकुमार मण्डललाई विराटनगर–४ बाट नियन्त्रणमा लिइएको हो ।
ममताको घरबाट गत असार ३० गते मोवायल, चार्जर र पावर बैंक समेत हराएको थियो । कोठामा राखेको मोवाईल तथा पावर बैंक समेत चोरी गरी लगेकोले निजहरूको खोजतलासको क्रममा असार २ गते विराटनगर–४ स्थित राजेन्द्र कुमार कार्कीको घरबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिइएको छ ।