विराटनगर । विराटनगरका व्यवसायी अथर अन्सारीले इलेक्ट्रोनिक्स सामानको सोरुम सञ्चालनमा ल्याएका छन् ।
विराटनगर–१० सिद्धार्थ चौकमा सोमबार आफ्नै बुबा हाजी कादिर अन्सारीले छोरा अथरले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन गरेका हुन् ।
अन्सारीले ३० लाख लगाानी गरेर सञ्चालनमा ल्याएको एनबीएससी सोरुममा एसी, फ्रिज, मिक्चर, टिभी लगायत इलेक्ट्रोनिक सामानहरु सर्वसुलभ मूल्यमा पाइने छ ।
कोरोना संक्रमणले नयाँ लगानी हुनसक्ने संभावना नदेखिरहेको बेला अथरले भने नयाँ आर्थिक वर्ष सुरु हुनासाथ नयाँ व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।