चार लाख धरौटीमा छुटे दुई छात्रालाई बालयौन दुव्र्यहार गर्ने मोलबी अमिर

<span class='c1'>चार लाख धरौटीमा छुटे दुई छात्रालाई</span> <span class='c2'>बालयौन दुव्र्यहार गर्ने मोलबी अमिर</span>

विराटनगर । दुई जना छात्रालाई बालयौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित मदरसाका मोलबीलाई जिल्ला अदालत मोरङले ४ लाख धरौटिमा छोडन आदेश दिएको छ । विराटनगर–८ अशोक चौकस्थित मर्दसा रजाए मुस्तफा प्राथमिक विद्यालयका मोलबी ४१ वर्षीय अमिरुदिन भन्ने महमद अमिर मियाँलाई धरौटी आदेश गरिएको हो ।

जिल्ला अदालत मोरङका न्यायधीश राजकुमार कोइरालाको इजालासमा मंगलबार थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि न्यायधीश कोइरालाले मियाँ विरुद्ध धरौटि आदेश गर्नु भएको हो । उनी विरुद्ध सोमबार मोरङ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले सोमबार नै अदालतमा अभियोजन दर्ता गरेपछि मंगलबार अदालतमा थुनछेक बहस भएको थियो ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी युवराज पौडेलले बादी र प्रतिवादीका कानुन व्यवसायीहरूको बहस सकिएपछि इजलासले प्रतिवादीलाई २–२ लाख धरौटिमा छोडन आदेश गरेको जानकारी दिइएका छन् । अदालतले तोकेको धरौटी रकम बुझाएपछि मोलबी अमिर मंगलबार नै रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्