विराटनगर । झी पुचः विराटनगरले प्रत्येक वर्ष निकाल्दै आएको सामुहिक गाईजात्रा तथा अन्य विभिन्न साँस्कृतिक कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट बच्न यस वर्षको सामुहिक गाईजात्रा, लाखे नाच र अन्य कार्यक्रम पनि नगर्ने निर्णाय गरिएको हो ।
झी पुचः विराटनगरले भदौ कृष्ण प्रतिपदाका दिन असामयिक निधन भएको परिवारजनहरुको घरबाट झाँकीसहितको बृहत गाईजात्रा निकाल्दै आएको थियो ।
कोरोनाको कारण टोल–टोलमा पुगेर प्रर्दशन गरिने लाखे नाच पनि यस वर्ष नगर्ने निर्णाय गरेको झी पुचः विराटनगरका वरिष्ठ उपाध्यक्ष हरि बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार साउन १९ गते श्रावण शुक्ल पूर्णिमाको दिन ‘लाखे ख्वापा पूजा’ झी पुचः विराटनगरको प्राङगणमा गरिने छ ।