विराटनगर । स्वच्छ र ताजा खाजाको लागि ‘द ट्रिट पोइन्ट’ खाजा घर संञ्चालनमा आएको छ । विराटनगर १० ट्राफिक चोक रेम्बो गल्लीमा ‘द ट्रिट पोइन्ट’ खाजा घरको उद्घाटन गरिएको हो ।
अन्य खाजा घर भन्दा फरक तथा नयाँ तरिकाले सेवा प्रदान गर्ने उद्देश्यका साथ खाजा घर सञ्चालनमा ल्याइएको सञ्चालक प्रवेश पौडेलले बताए । खाजा घरमा ग्राहकहरुलाई इन्टरनेट प्रयोग गर्नको लागि वाइफाइ सेवा प्रदान नगरिने पौडेलले बताए । उनले भने,‘समयको व्यस्तताका कारण तथा इन्टरनेटको प्रयोगले साथिभाइहरु सँगको दुरी बढाइ रहेको छ ।’
‘हाम्रो चाहना हो एकछिन समय भएको बेलामा साथिभाइहरुसँग गफ गर्दै खाजा खाने माहोल बनोस् ।’ वाइफाइको व्यवस्ता गर्दा संगै भएको साथि पनि टाढा भएको महसुश हुने उनको भनाई छ ।
विराटनगरका युवा व्यावसायी पौडेलले १० लाखको लागतमा ‘द ट्रिट पोइन्ट’ खाजा घर सञ्चालनमा ल्याएका हुन् । होम डेलिभर सेवाका सहित शान्त वातावरणका साथ छिटो, मिठो साथिभाईसँग रमाउदै खाजा खानको लागि ‘द ट्रिट पोइन्ट’ खाजाघर उपयुक्त हुने छ । खाजा घरमा ८ जना व्यत्तिलले हाल रोजगारीको अवसर प्राप्त गरेका छन् ।