थुनुवालाई कोरोना पुष्टि भएपछि इप्रका इटहरीमा सतर्कता

<span class='c1'>थुनुवालाई कोरोना पुष्टि भएपछि</span> <span class='c2'>इप्रका इटहरीमा सतर्कता</span>

विराटनगर । इलाका प्रहरी कार्यालय इटहरीको थुनामा राखिएका व्यक्तिलाई कोरोना भाईरस पुष्टि भएपछि प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको छ ।

गत साउन ४ गते राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धानको टोलिले पक्राउ गरेको उक्त व्यक्तिलाई इलाका प्रहरी कार्यालय इटहरीमा एक दिन राखिएको थियो ।
उनलाई थुनामा राख्नु अगाडी स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि पीयू कोभिड–१९ आईसोलेशन अस्पताल गोठगाउँमा भर्ना गरिएको थियो ।

बिभागले थुनामा राख्न पठाएको २५ वर्षिय युवकलाइ कोरोना पुस्टि भएसंगै प्रहरी कार्यालयको थुनामा रहेका ८ जनाको पीसीआर चेकजाँच गरिने भएको छ । कोरोना संक्रमित भनिएका ब्याक्ति इप्रका इटहरीको थुनुवा कक्षमा रहेका ८ जना संगै बसेको पनि पुस्टी भएको छ । संगै बसेका ८ जना थुनुवासँगै उनीहरुको सम्पर्कमा रहेका चारजना प्रहरीहरुको समेत परीक्षण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्