विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुई महिनासहित १९ प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो । हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी प्रवक्ता दिपक पोखरेलले जानकारी दिनुभयो । विराटनगरका बाँकी ३ जनाको ठेगाना खुलेको छैन ।