विराटनगर । खाना तथा खाद्यान्न डेलिभरी गर्ने अनलाइन सेवा क्विकर फुडले आफ्नो सेवा केहि दिनको लागि रोकेको छ । संचालक कम्पनी फुड बाइट प्रा.लि.ले एक विज्ञप्ती निकाल्दै केहि दिनको लागि सेवा स्थगित गरेको जनाएको छ ।
विराटनगरमा केहि समय यता कोभिड–१९ को संक्रमण तिब्र भएको र यो संक्रमण समुदायमा फैलिएको भन्ने आशंका गरिएको बताउदै सेवा स्थगित गर्ने सुचना जारी गरिएको छ ।
क्विकर फुडले आफ्नो कर्मचारी, ग्राहक र सहकार्य गर्ने रेस्टुरन्टहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षित सेवा प्रदान गर्ने मापदण्ड निर्माण तथा तयारी गर्नका लागि केहि दिनलाई सेवा स्थगित गर्नु परेको स्पष्ट पारेको छ । क्विकर फुडले सम्पूर्ण तयारी सम्पन्न भएपछि अर्को सूचना प्रकाशित गरि सेवा सूचारु गरिने बताएको छ ।
