एन्जु शिवाकोटी ।
विराटनगर । विराटनगर १२ का रोहित पासवान अपाङ्गता भएका व्यक्ति हुन् । उनको एउटा खुट्टा छैन । उनी दैनिकी गुजराको लागि जोगबनीबाट किरानाको सामान ल्याएर विराटनगरका पसलहरुमा बेच्ने गर्थे तर लकडाउनका कारण उनको व्यापार छैन । दैनिकी गुजरा गर्न उनलाई मुस्किल छ ।
त्यसै गरि अपाङ्गगता भएका सिकन्दर सिंह विराटनगर २ बस्दै आएका छन् । भारतको मधुवनीबाट आएका सिकन्दर साइकल बनाउने काम गर्दछन् । सिकन्दर र रोहित पासवान प्रतिनिधि पात्र मात्र हुन । उनीहरुजस्ता थुप्रै अपाङ्गता भएका व्यक्तिहरु छन् । जो आफ्नो दैनिकी गुजराको लागि केही सामान्य व्यापार व्यवसाय गर्र्दै आएका छन् ।
कोरोना भाइरस महामारीको मारमा रहेका अन्य व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिहरु अझ बढी समस्यामा परेको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश १ का बिमल बस्नेतले बताए ।
उनले भने,‘दैनिक उपभोग्य सामान, औषधी उपचारको कमीका कारण अपाङ्गता भएका व्यक्तिहरुले समस्या भोग्नुका साथै आर्थिक समस्या समेत भोग्न प¥यो ।’ अपाङ्गतासंगै गरिबी जोडिँदा मानसिक तथा आर्थिक भार एकै पटक खेप्नु परेको छ ।’ स्थानीय सरकारले यो अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुको लागि केही नगरेको बस्नेतको गुनासो छ ।
लकडाउन खुलेपछि विराटनगरमा त्रासको अवस्थाले लकडाउन स्थिति अझै सहज हुन सकेको छैन । दैनिकी गुजराका लागि काम गर्ने व्यक्तिहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउन सक्ने अवस्था विराटनगरको छैन । सेनिटाइजर, मास्क जस्ता सामान खरिद गर्ने रुपैयाँले एकछाक टर्छ भन्ने अवस्थामा सावधानी अपनाउन मुस्किलै पर्छ । यदि कोरोना भाइरसको लक्षण देखा परेमा उपचार गराउनुको सट्टा लुकाएर काममा जाने अवस्था भएका कारण यति मात्र हैन विराटनगरको अवस्था अझै विकराल बन्दै जाने छ ।
गरिबी कसैको रहर होइन बाध्यता हो । जब गरिबीसँगै अपाङ्गगता जोडिन पुग्छ त्यो भन्दा असहज वातावरण अरु के नै हुन सक्छ होला र ?
कोरोना भाइरसका कारण सबैको जीवनमा विकराल परिस्थिति सृजना भएको छ । लामो समयसम्मको लकडाउपछि खुलेको लकडाउनले एउटा भयपूर्ण वातावरण सृजना ग¥यो विराटनगरको ।
सामान्य अवस्थामा नै गरिबीको चपेटनमा रहेका अपाङ्गता भएका मानिसहरुको अवस्था कस्तो छ होला त ? अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुको तुलनामा स्याहार र औषधी उपचार र दैनिकी सहज बनाउन आवश्यक सामाग्रि प्रयाप्त चाहिने गर्छ ।
लकडाउने अति आवश्यकका अतिरिक्त सामाग्री सजरु रुपमा पाउन नसक्ने अवस्था सृजना ग¥यो । सहजै विराटनगरमा आवश्यक सामाग्री नहुँदा समस्या खेप्न बाध्य हुनु प¥र्यो । त्यती मात्र होइन उनीहरुलाई नियमित रुपमा औषधी उपचारको आवश्यकता पर्ने गर्दछ । कोरोना भाइरसका महामारिका कारण उनीहरुको नियमित उपचार हुन सकेन । जसले गर्दा उनीहरुको स्वास्थ्यमा नकरात्मक असर पर्दै गएको छ ।