विराटनगर । चोरी र लुटपाट गर्ने उद्देश्यसहित काठमाण्डौंबाट पूर्व आएका चारजनालाई इटहरी प्रहरीले समयमै नियन्त्रणमा लिन सफल भएको छ ।
काठमाण्डौंबाट साउन ८ गते धरान आएका उनीहरुले ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६०० चोरी गरिसकेकाा थिए ।
त्यस आरोपमा पक्राउ परेका ४ जनामाथि गरिएको अनुसन्धानमा उनीहरु प्रदेश १ का विभिन्न स्थानमा लुटपाट मच्चाउनै लागि धरानमा आएर बसेको खुलेको हो ।
पक्राउ पर्नेहरुमा काभ्रेजिल्लाका रोसी गाउँपालिका–३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, ५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका–८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका–२ का २६ बर्षीय कमल लामा रहेका छन् ।
यो समुहले ईटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै तत्काल खटिएको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो । उनकै बयानका आधारमा ३ जनालाई खोजतलास गर्ने क्रममा सोमवार दिउँसो तरहराबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार ९०० बरामद गरेको छ ।