विराटनगर महानगरलाई भाटभटेनीको पाँचलाख सहयोग

<span class='c1'>विराटनगर महानगरलाई भाटभटेनीको</span> <span class='c2'>पाँचलाख सहयोग</span>

विराटनगर । भाटभटेनी सुपरमार्केटले विराटनगर महानगरपालिकालाई पाँच लाख रुपैँया सहयोग उपलब्ध गराएको छ ।
महानगरपालिकाले सार्वजानिक नीजि साझेदारीबाट पीसीआर मेशिन खरिद गर्ने प्रक्रिया बढाएकोले भाटभटेनीले सहयोग उपलब्ध गराएको जनाएको छ ।


सुपरमार्केटका व्यवस्थापक बिनोद भट्टराईका अनुसार महानगरले भाटभटेनीसँग समेत सहयोग लिन चाहेको बुझिए अनुसार पाँचलाख रुपिँया सहयोग गरिएको हो । सहयोग प्रदानपछि व्यवस्थापक भट्टराई र अध्यक्ष मीनबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–पीसीआर मेशिन खरिदका लागि केहि रकम लिने भन्ने बुझिएकोले त्यसका लागि सहयोग उपलब्ध गराएका छौं ।

यस अगाडी भाटभटेनीले संघीय सरकारलाई एक करोड र प्रदेश सरकारलाई २५ लाख रुपिँयाका दरले सहयोग उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्