श्रेष्ठको ‘सधैं तिम्रो सम्झनामा’ मुक्तकसङ्ग्रह विमोचन

<span class='c1'>श्रेष्ठको ‘सधैं तिम्रो</span> <span class='c2'>सम्झनामा’ मुक्तकसङ्ग्रह विमोचन</span>

विराटनगर । साहित्यकार लक्ष्मी श्रेष्ठको मुक्तकसंग्रह ‘सधैं तिम्रो सम्झनामा’ विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका निवर्तमान सदस्य एवं प्राज्ञ खेम नेपाली, साहित्यकार लक्ष्मी उप्रेती, प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, वरिष्ठ कलाकार माया पौडेल आशावादी, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बललगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

विमोचित कृतिका बारेमा समालोचक एवं मुक्तककार भूषण ढुंगेल र हरि कट्टेलले समीक्षा गरे । कार्यक्रममा साहित्यकार भरत गुरागाईं, राधिका गुरागाईं, मीनकुमार नवोदित, चूडामणि नेपाल ‘अकिञ्चन’लगायतले विमोचित मुक्तकसङग्रहभित्रका मुक्तक वाचन गरे । त्यसैगरी वरिष्ठ साहित्यकार भुवन ढुंगाना, प्राज्ञ खेम नेपाली, लक्ष्मी उप्रेती, साहित्यिक पत्रकार जयदेव भट्टराई, देवी पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको सङ्ग्रहभित्र २२० वटा मुक्तक सङ्ग्रहित छन् । श्रेष्ठको यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्