विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनियन विराटनगर महानगरले सौन्र्दयकर्मी नाबुन १३ औं स्थापना दिवस मनाएको छ । युनियनले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै सौन्दार्यकर्मीहरूले आफ्नो अधिकार स्थापित गर्न सबै सौन्दार्यकर्मीहरू एकजुट हुनपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै जिफन्टका १ नम्बर प्रदेश अध्यक्ष किशोर धमलाले अधिकार स्थापित गराउन सबै सौन्दर्यकर्मीहरू एकजुट भएर लाग्नुपर्ने बताए । जिफन्ट प्रदेशकी सचिब तथा महिला संयोजक निलम ढुङगेलले ब्यूटिपालरमा फरक फरक दर रेट कायम हुने भएकोले एकरूपमा बनाउनुपर्ने सझाब दिइन् । महानगरकी अध्यक्ष अमिता पोखरेल (पौडेल) को अध्यक्षतामा भएको कार्यक्रममा नाबुनका केन्द्रीय शिक्षा विभाग सचिब ममता प्रधान, प्रदेश १ का उपाध्यक्ष ललिता धिमाल लगायतको सहभातिा रहेको थियो ।
सौन्दर्यकर्मी युनियनले सोही अवसरमा आउँदै गरेको होलीको अवसर पारेर होली कार्यक्रम पनि आयोजना गरेको महानगर सचिव भलि सुब्बाले जानकारी दिईन् ।