आत्मनिर्भर बनाउन महिलाहरूलाई ६५ दिने ब्युटीपालर सम्बन्धी तालिम सुरू

<span class='c1'> आत्मनिर्भर बनाउन महिलाहरूलाई ६५ दिने</span> <span class='c2'>ब्युटीपालर सम्बन्धी तालिम सुरू</span>

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा ६५ दिने ब्युटीपालर तालिम सुरू भएको छ । नवरत्न टेक्निकल टे«निङ्ग इन्स्टिच्युट प्रालिको आयोजनामा विराटनगरमा बिहीबारदेखि ब्युटीपालर तालिम सुरू भएको हो ।

तालिमको उद्घाटन विराटनगर महानगरपालिका ५ का वडाअध्यक्ष मिनकुमार आचार्यले गर्नुभयो । तालिमको शुभराम्भ गर्दै उहाले घरको चुलो चौकमा व्यस्त रहने महिलाहरूलाई यस्ता सिपमुलक तालिम अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले महिलालाई आत्मनिर्भर बनाउन वडाले सीप मुलक र क्षमता अभिवृद्धी गर्ने कार्यक्रमहरू पनि लिएर आएको बताउनुभयो । कार्यक्रममा जिफन्ट प्रदेश १ की सचिब तथा महिला संयोजक निलम ढुङ्गगेलले महिलाहरूले सीप सिकेपछि आयआर्जनमा लागेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले तालिम अवधिभर लगनशील भएर सिकेको ज्ञान व्यवहारमा उर्तानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनियन विराटनगरकी अध्यक्ष अमिता पौडेल (पोखरेल), विराटनगर ५ का वडासदस्य सुर्दशन भट्टराईले तालिममा सिकेको ज्ञान व्यवहारमा उतारेर महिलाहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।


६५ दिनसम्म संचालन हुने ब्युटीपालर तालिमको प्रमुख प्रशिक्षकहरूमा भली सुब्बा, अनिता राउत, सहायक प्रशिक्षकहरूमा अमिता पौडेल(पोखरेल) र प्रतिमा ओझा (न्यौपाने) रहनुभएको छ । तालिममा ८० जनाबाट छनौट गरि ४० जना महिलाहरू सहभागि छन् । दुई समूह बनाएर उनीहरूलाई तालिममा सहभागि गराएको प्रमुख प्रशिक्षक तथा राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनियन विराटनगरकी सचिब भली सुब्बाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्