कसलाई हुनु छ महान?
अनि कसलाई हुनु छ अमर?
मेरो रोजाई ती मध्ये कोही जस्तो हुनुछैन।
त्यसैले सबैभन्दा पहिले मलाई म नै हुनु छ।।।
समुन्द्र पारीको बिदेश देखेर आए
तर, आफू जन्मीएको समाज राम्ररी बुझेकै छुइन।
यो जीन्दगीबाट के पाएँ,
के गुमाए वास्ता छैन...
त्यसैले सबैभन्दा पहिला मलाई चाहिँ म नै हुनु छ।।।
जित के हो?... हार के हो?
थाहा छैन त्यहीपनि सबैको ईच्छा जित्नु नै छ..
ए हैन...हैन सबैको ईच्छा अरूलाई हराउनु नै छ।
तर म भने आफैलाई जित्नु छ...
त्यसैले मलाई चाहिँ म नै हुनु छ।।।
हामी मानव जाती तर खोई त मानवता?
एउटै समाजमा किन कोही धनी
कोही चाहिँ गरिब?
सौताको छोराछोरि जस्तै...
बिचरा त्यो गरिब माथि केही त दया गरन,
त्यो गरिब नै रहेन भने तिमीले लगाएको लुगा हेरेर राम्रो कसले भनिदिने?
अनि फेरि त्यही गरिब रहेन भने त तिमी पनि कसैको अगाडि गरिब नै होनी बिचार गर।।।
त्यसकारण न त मलाई धनी हुनु छ न त गरिब,
त्यसैले मलाई चाहिँ म नै हुनु छ।।।
ओहो!! स्वर्ग अति सुन्दर छ हरे है,
तरपनि न त मलाई स्वर्ग जानु छ
न त नर्क नै..
बोरु, झुल्के घामको किरण दुबो माथिको सीतमा परेर टल्किएको हेरेर रमाउनेछु,
त्यसैले मलाई चाहिँ म नै हुनु छ।।।
रूँदै जन्मीएको म तोते बोली बोल्दै लाखौ शब्द सिकेँ होला तर, थाहा छैन मर्ने बेला मेरो अन्तिम शब्द के हुनेछ,
त्यसकारण भन्छु म कोही पनि हैन..
तरपनि मलाई चाहिँ म नै हुनु छ..
त्यसैले अब, म को हुँ भनि आफैलाई चिन्नु मन छ।।।