म शंख फुक्या फुक्यै छु
युद्द खेल्न आउन कोही ।
तर,
तरवार काे सट्टा, पीडा बोकेर आऊ
रगत धितो राखी, ऋणमा भएनी आँसु बोकेर आऊ।।
फैसला गर्नु छ यहाँ मलाई,
कसको पीडा ठूलो ?
कसको जीवन धेरै मायालाग्दो ।
नडराऊ साथी,
बिर्सी पुर्खाका जितका गाथा,
र खोक्रो विरता,
म मुसुक्क हाँसी सेतो झण्डा फर्फराउन तयार छु l