मिना श्रेष्ठ सबि
विकास सानैदेखि चन्चले स्वाभावका थिए । चतुरे भए पनि बाबुलाई नसोधी कहीँ जादैनथे । पढ्नमा पनि राम्रै नतिजाले पास गरेका विकास भने अलि बेसी गाँउतिर घुम्ने गर्दथे त्यही पिरले उनका बाउले गाउँमा सबै बेचेर शहरमा बसाइँ हिँडे ।
विकासलाई भने गाउँ नै रमाइलो थियो । डुल्न पाउथे शहरको रमझममा भिज्न अलि गारो नै थियो तरपनि उनले सहेकै थिए । सहरको गर्मी अनि नयाँ ठाउँ, नयाँ मान्छे, सबै झेल्नु नै परिरहेको थियो र पनि भोग्दै थिए । एक त गर्मी अर्कोतिर उनलाई शहरमा घुलिन असहज भैरहेको थियो सधैँ आमालाई गुनासो पोख्थे ।
आमा गाउँ नै रमाइलो है? बालाई भन्नु न गाउँ नै फर्कौ? छोराले त्यसो भनेको सुनेर मेनुकाले पनि सोधिन् छोराकै सामु । छोराले गाउँनै फर्कौ भन्दैछ? उनका बाउले भने भो त्यो दुखिया ठाउँ । अब त धेरै पढेर ठूलो मान्छे हुने अनि जागिर खाएर हामीलाई सुखमा राखेस्। बाउको कुरा सुनेर आफ्नो तड्पेको मनलाई बुझाउदै आफ्नो कोठातिर लागे ।केही दिनमा विकासको शरीरमा पिलो आएछ । बाउले उखान गरेको सुनेका थिए।
दाजुभाई भनेका चाकको पिलो हो निचोरेपछि सन्च हुन्छ । योकुरा सम्झेर विकासले बाउलाई सुनाउदै भने बा मेरो त अलि अप्ठेरो ठाउँमा पिलो आकोछ ।बाउले भने आइज त म निचोरिदिन्छु सन्च हुन्छ । यो कुरा सुनेर विकासले भने बा तेसो भए यो देशका नेताहरु सबै पिलो हो निचोरेपछि सन्च हुन्छ होला है देश र जनतालाई ।