सुनको भाउ आज पनि घट्यो, आज तोलामा ५ सय रुपैयाँ सस्तो

<span class='c1'>सुनको भाउ आज पनि घट्यो, आज</span> <span class='c2'>तोलामा ५ सय रुपैयाँ सस्तो</span>

काठमाण्डाै । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।

अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने भए पछि त्यसको प्रभाव सुनमा परेको हुन सक्ने महासंघको अनुमान छ । संकटमा परेको अर्थतन्त्र उकास्न पावेले लिएको रणनीतिको असर सुनमा परेको हुन सक्ने महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइको छ । हरेक दिन बिहान १० बजेको अन्तर्राष्ट्रिय मूल्यअनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्