नेपाली काँग्रस प्रदेश सभापतिमा झापाका उद्धव थापा विजयी, नेता गुरुराज घिमिरे पराजित

<span class='c1'>नेपाली काँग्रस प्रदेश सभापतिमा झापाका उद्धव</span> <span class='c2'>थापा विजयी, नेता गुरुराज घिमिरे पराजित</span>

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् ।थापाले डा.शेखर कोइरुाला र रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मतले पराजित गरेका हुन् ।

थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । सुरुमा अग्रता कायम गरिरहेका घिमिरेलाई थापाले पछि पार्दै सभापति जितेपछि कोइराला र पौडेल समूहलाई नराम्रो झड्का लागेको छ ।
पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ । उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् ।

संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले (केदार)ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन)ंले ६६९ मत पाए ।
महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।

सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । यसैगरी विनोदकुमार बस्नेत पनि ७४७ मतसहित सहमहामन्त्रीमा विजयी भए । सहमहामन्त्रीको महिला कोटामा प्रमिला गच्छदार ८३७ मतसहित विजयी भएकी छन् ।
सहमहामन्त्रीका अन्य उम्मेदवारहरुमा सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्