लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

<span class='c1'>लागुऔषध ब्राउसुगर सहित</span> <span class='c2'>४ जना पक्राउ</span>

झापा । झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ६ बजे बसपार्क एरियाबाट ईलाम नगरपालिका वडा १० बस्ने ३६ बर्षिय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यसैगरी बुद्धशान्ति गाँउपालिका वडा ३ बाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगारपलिका वडा ११ संखुवासभाका ३० बर्षिय दिपक तामाङ,२८ बर्षिय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका वडा ४ बस्ने १९ बर्षीया संगीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्