बाढीपहिरा पीडित परिवारलाई आर्थिक सहयोग

<span class='c1'>बाढीपहिरा पीडित परिवारलाई</span> <span class='c2'>आर्थिक सहयोग</span>

इलाम । पहिरापीडित परिवारलाई इलाम को फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ ।

गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको थियो । पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले रु चार लाख सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडाध्यक्ष राजु पौडेलले नैनसिंह कटुवाल परिवारको घरमै पुगेर सो रकम हस्तानतरण गर्नुभएको हो । पहिराका कारण कटुवाल परिवारका चार जनाको मृत्यु भएको थियो । साथै गाउँपालिकाको तर्फबाट घर निर्माणका लागि रु एक लाख थप सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

सरकारले पहिराका कारण मृत्यु भएका परिवारलाई यसअघि नै प्रतिमृतक रु.दुई लाख नगद दिने घोषणा गरेको छ । बेमौसमी वर्षासँगै कात्तिक २ र ३ गते पहिरामा परी फाकफोकथुम–३ का एउटै घरका चार जनाको सुतेकै ठाउँबाट पहिराले बगाएर मृत्यु भएको थियो । सो परिवारलाई राहत वितरण भइसकेको छ । फाकफोकथुम– १ का दुई जना मृतकका परिवारलाई पनि राहत दिने तयारी भइरहेको जनाइएको छ ।

बाढीपहिरामा परी फाकफोकथुम गाउँपालिकामा मात्र छ जनाले ज्यान गुमाएका थिए । यसमा फाकफोकथुम–३ का ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षीय निश्चित कटुवाल रहनुभएको छ । फाकफोकथुम–१ का ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई रहनुभएको छ । जिल्लामा पहिराका कारण १५ जनाको ज्यान गएको थियो । यसअघि नै पीडितको घरमै पुगेर सरकारको तर्फबाट राहत वितरण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्