६ जना जुवाडे पक्राउ

<span class='c1'>६ जना</span> <span class='c2'>जुवाडे पक्राउ</span>

झापा । झापाको दमक नगरपालिका वडा ५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका वडा ५ बस्ने ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका वडा १ बस्ने ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका वडा ५ बस्ने ५८ बर्षिय लक्ष्मी ढकाल, दमक वडा ५ बस्ने ३४ बर्षीया कमला राई, दमक वडा ५ बस्ने ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका वडा ३ बस्ने ५१ बर्षिय राज कुमार खड्का रहेका छन् । आइतबार राती ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेकै अबस्थामा नगद रु.४० हजार र ३ बुङ तास सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्