नरहरिनाथका २३७ घरधुरीमा धारा जडान

<span class='c1'>नरहरिनाथका २३७ घरधुरीमा</span> <span class='c2'>धारा जडान</span>

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ ।

‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकाको साझेदारीमा र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा ती धारा निर्माण भएका छन् ।

नरहरिनाथ गाउँपालिका–९ को लालुमा तल्लो रानीरहडा खानेपानी तथा सरसफाइ आयोजनामार्फत २३७ घरधुरीमा खानेपानीका धारा जडान गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । “हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा रु दुई करोड ५५ लाख १२ हजार ७९७ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “ हेल्भेटासको रु एक करोड, नरहरिनाथ गाउँपालिकाको रु एक करोड लगानी र बाँकी स्थानीयवासीको श्रमदानमा ती आयोजना सम्पन्न भएको हो ।”

यसभन्दा अगाडि नरहरिनाथ गाउँपालिका–९ लालुमा ३८२ घरधुरीमा खानेपानीको धारा निर्माण गरिएको थियो । त्यसै आयोजनामार्फत थप २३७ गरेर गाउँमा अहिलेसम्म ६१९ घरधुरीमा खानेपानीको पहुँच पुगेको गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो । “अहिलेसम्म गाउँका ६१९ घरधुरीमा खानेपानीको समस्या समाधान भएको छ”, उहाँले भन्नुभयो, “पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई अहिले सहज भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्