विराटनगरमा जारी ‘विन्टर फुटवेयर महोत्सव’ मा जुत्ता चप्पल किन्न जाने ग्राहक बढ्दै

<span class='c1'>विराटनगरमा जारी ‘विन्टर फुटवेयर महोत्सव’ मा</span> <span class='c2'>जुत्ता चप्पल किन्न जाने ग्राहक बढ्दै</span>

विराटनगर । गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी छेउको सुपरमार्केटमा जारी ‘विन्टर फुटवयेर महोत्सव’मा जुत्ता चप्पल किन्नेको भिड बढ्न थालेको छ । महोत्सव सुरु भएको छैटौँ दिनसम्म आइपुग्दा ग्राहकहरूको उपस्थिति बाक्लिन थालेको छ ।

‘नेपाली उत्पादनलाई सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको महोत्सवमा स्वदेश तथा छिमेकी देश भारतका उपभोक्ता समेत आएर जुत्ताचप्पल खरिद गरिरहेका छन् । महोत्सवमा भारतको जोगवनी साथै १ नम्बर प्रदेशका विभिन्न स्थानबाट जुत्ताचप्पल किन्न ग्राहकहरू आउने गरेका महोत्सव आयोजकले जनाएको छ ।

सबै प्रकारका जुत्ताचप्पल एकै स्थानमा पाइने भएका कारण महोत्सव सुरु भएको छोटो समयमा नै ग्राहकको बाक्लो उपस्थिति हुन थालेको आयोजक समितिका संयोजक समिम खानले जानकारी दिए । फुटवेयर महोत्सव ग्राहकको रोजाइमा पर्न थालेसँगै प्रोडक्ट थप गर्नका साथै डिजाइन पनि थप गरिएको उनले बताए । ग्राहकको रोजाइअनुसार अझै डिजाइन थप गर्ने उनले बताए । बच्चादेखि, महिला, पुरुष सबैले खोजेजस्तै जुत्ताचप्पल महोत्सवमा उपलब्ध हुने उनले बताए । महोत्सवमा शिखर, युनाइटेड र हाइलाइफ ब्रान्डका जुत्ताचप्पल उपलब्ध छन् ।

स्वदेशी  उत्पादनलाई प्रोत्साहन गर्नका साथै उपभोक्तामाझ पु¥याउन महोत्सव आयोजना गरिएको मेला आयोजकले जनाएको छ । महोत्सवमा १० देखि ६० प्रतिशतसम्म छुट दिइएको छ । महोत्सव आगामी पुस ३० गतेसम्म रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्