विराटनगर । मिस नेवाः ११४२ प्रदेश न १ को चौथो संस्कारणको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रदेश १ को पहिलो अडिसन विराटनगर १० स्थित झिः पुच भवनमा सम्पन्न भएको हो । पहिलो अडिसनमा १५ जना नेवारी समुदायका युवतीहरुले अडिन दिएका थिए । पहिलो अडिसनका निर्णयकहरुमा जयन्त प्रधान, रस्मिता उदास, मिनकुमार नवोदित श्रेष्ठ। लुना श्रेष्ठ र पर्शुराम तिमिल्सिना रहेका थिए । ‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने मुल नाराका साथ नेवारी संस्कृति संरक्षणका लागि हरेक वर्ष आयोजना गर्दै आएको छ ।
मन्जिना मुभिज क्रियशनका निर्देशक जतिन ताम्राकारका अनुसार यस वर्षको मिस नेवा सौन्दर्य प्रतियोगिता भने माघ ७ गते विराटनगरमा हुने भएको छ । सांस्कृतिक कार्यक्रम सहित होटल नमस्कार रेजेन्सीमा आयोजना हुनेछ । यस वर्षको मिस नेवाको विजेताले स्कुटीसहित १५ लाखको विमाको सुविधा पाउने आयोजकले जनाएको छ । प्रतियोगितको विजेतालाई ग्रेटाको स्कुटर र ज्योती लाइफ इन्स्योरेन्सबाट १५ लाखको विमा सुविधा प्राप्त हुने आयोजकले जनाएको छ ।
विराटनगरको अडिसनपछि धरान, विर्तामोड सहित प्रदेश १ का विभिन्न शहरमा अडिसन हुने आयोजकले जानकारी दिएको छ । मिस नेःवा ११४२ प्रोभिन्स १ को चौथो संस्कारणको अनलाईन मिडिया पार्टनरमा आवर विराटनगर रहेको छ ।