विराटनगर । युके निवासी प्रिया सुब्बाले आफ्ना आमाबुबाको सम्झनामा आश्रममा रहेका वृद्धवृद्धा आमाबुबाहरुलाई खाद्यन्न लगायत जाडोको लुगा वितरण गरेकी छिन् ।
धरान निवासी र हाल युकेमा बसोबास गर्दै आएकी २४ बर्षिया प्रिया सुब्बा लगायत उनका साथीहरु मिली पाठाएको रकमबाट विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाआश्रममा आश्रय गरिरहेका वृद्धाआमाबुबालाई ५० केजी आलु, प्याज चिनी विस्कुट लगायत जाडोमा लगाउने एक सरो लुगा समेत वितरण गरेकी छिन् । उनले विराटनगरमा रहेका आफन्त सुमि राई र सुजन राईको हातबाट रू.३० हजार बराबरको रकमबाट खाद्यन्न लगायत जाडो लुगा हस्तान्त्रण गराएका थिए ।