जीफोरएस सेक्युरिटी कम्पनिमा कार्यरत मजदुर आन्दोलित, सेवासुविधा उपलब्ध नगराएको आरोप

<span class='c1'>जीफोरएस सेक्युरिटी कम्पनिमा कार्यरत मजदुर</span> <span class='c2'>आन्दोलित, सेवासुविधा उपलब्ध नगराएको आरोप</span>

विराटनगर । बहुराष्ट्रिय कम्पनि जीफोरएस सेक्युरिटी सर्भिसेस नेपाल प्रा.लि.ले श्रम ऐन विपरित हुने गरि खाईपाई आएको सेवा सुविधा तथा तलव कटौती गरेपछि मजदुरहरु आन्दोलित भएका छन् । श्रम ऐन २०७४ अनुसार तोकिएको तलवमान तथा सेवा सुविधा कटौती गरेर अन्याय गरेको भन्दै प्रदेशका विभिन्न संस्था तथा कम्पनिमा कार्यरत मजदुरहरु संगठित रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

काठमाण्डौं–४ बालुवाटारमा मुख्य कार्यालय राखेर प्रादेशिक रुपमा शाखामार्फत मजदुरको आपूर्ति गर्दै आएको कम्पनिले श्रम ऐन २०४८ अनुसार खाईपाई आएको सेवा सुविधा कटौती गरेको आरोप छ । श्रम ऐन २०७४ लागु भएसँगै खाईपाई आएको सेवा सुविधा कटौती गरिएपछि मजदुरहरुले चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल सेक्युरिटी मजदुर संघले फागुन ११ गतेसम्म विभिन्न चरणका आन्दोलन गर्ने घोषणा गरेको हो । कम्पनिले वार्षिक ग्रेड, वार्षिक तलव, घर विदा, विरामी विदा कटौती गरेको संघका अध्यक्ष घनश्याम सिग्देलले जानकारी दिनुभयो । कम्पनिले न्यूनतम २६ दिन भन्दा माथि शनिबार र अन्य समयमा डिउटी गरेको ओ.टी.मा १.५ प्रतिशत बृद्धि गरेर दिईरहेकोमा अहिले ३० कार्यदिन बनाएर दिन थालेको आरोप लगाइएको छ ।

सामाजिक सुरक्षा कोषमा जानुभन्दा अगाडीको संचयकोष र उपदान वापतको रकम समेत कटौती गरेको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश १ का अध्यक्ष चेजनारायण श्रेष्ठका अनुसार प्रदेश १ मा कम्पनि मातहत एकसय जना मजदुर कार्यरत रहेका छन् । उनीहरुको गत साउनमा सरकारले बृद्धि गरेको एकहजार ५०० रुपिँया तलव समेत नदिएपछि आन्दोलनमा उत्रनु परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरुले मजदुरमारा कम्पनि विरुद्ध अन्तराष्ट्रियकरण गरेर दवाव सिर्जना गर्ने, गैरकानुनी रुपमा सरसफाई मजदुर आपूर्ति गरेर सामाजिक सुरक्षा कोषमा पैसा जम्मा नगरेको विषयमा सरकारलाई ध्यानाकर्षण गराउने आन्दोलनका कार्यक्रम राखेका छन् । यसैगरी कम्पनिको व्यवस्थापन पक्षले आर्थिक अपचलन गरेको भन्दै छानविनका लागि श्रम विभाग, सामाजिक सुरक्षा कोषको ध्यानाकर्षण गराउने रहेका छन् । मजदुरबाट सामाजिक सुरक्षा कोषको रकम कट्टा गरेपनि जम्मा नगरी व्यवस्थापन पक्षले आफैं लिने गरेको आरोप लगाइएको छ ।
चरणवद्ध आन्दोलन अन्तर्गत फागुन ५ गतेसम्म पनि आफ्ना माग सम्बोधन नभए कम्पनिको कार्यालयहरुमा तालाबन्दी गरिने मजदुर श्यामकुमार गौतमले बताउनुभयो । गत साउन अगाडीसम्म १३ हजार ७५० रुपिँया दिदैं आएको कम्पनिले साउनयता बृद्धि भएको एक हजार ५५० रुपिँया नदिएको गौतमको गुनासो छ ।

मोरङमा मात्रै ३८ वटा सेक्युरिटी कम्पनिहरु सञ्चालनमा रहेका छन् । तीमध्ये १५ कम्पनि काठमाण्डौंमा कार्यालय राखेर मजदुर आपूर्ति गर्दै आएका छन् । जिल्लामा मजदुर आपूर्ति गर्दै आएका कम्पनिमध्ये चारवटाले मात्रै सरकारले तोकेको सेवा सुविधा उपलब्ध गराउँदै आएको दावी गरिएको छ ।

जीफोरएसका निर्देशक महेश श्रेष्ठले कानुन र नियमको व्याख्या आ–आफ्नो तरिकाले गरेर आन्दोलनमा उत्रनु गलत हुने बताउनुभयो । उहाँले देशभरमा मजदुरको पारिश्रमिक राज्यले तोकेबमोजिम भुक्तानी गर्ने कम्पनि विरुद्ध अनावश्यक राजनीतिक भईरहेको टिप्पणी गर्नुभयो । उहाँले मजदुरहरुले उठाएका मागको सम्बन्धमा श्रम कार्यालयमा आफूले जानकारी गराईसकेकोले ऐन भन्दा बाहिर उठेर कम्पनिले केहि गर्ननसक्ने बताउनुभयो । निर्देशक श्रेष्ठका अनुसार कम्पनिले देशभर ३ हजार ५० मजदुर आपूर्ति गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्