विराटनगर र बेलडाँगीबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>विराटनगर र बेलडाँगीबाट प्रतिवन्धित लागुऔषध</span> <span class='c2'>सहित २ जना पक्राउ</span>

विराटनगर ।झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार राती करिब ९ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।

यसै गरी बिहिबार दिउँसो करिब १ बजे मोरङको विराटनगर महानगरपालिका वडा १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा ७ बस्ने १९ बर्षीय कुशल बराईलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनाको घटना बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्