सुन्दरहरैंचा जबरजस्ती करणी प्रकरण : होटल सञ्चालक सहित ३ जना पक्राउ

<span class='c1'>सुन्दरहरैंचा जबरजस्ती करणी प्रकरण : होटल</span> <span class='c2'>सञ्चालक सहित ३ जना पक्राउ</span>

विराटनगर । बेलबारीकी एक महिलालाई सुन्दरहरैंचा नगरपालिका-५ बलियास्थित श्रेष्ठ होटेलमा जबरजस्ती करणी गरेको अभियोगमा होटल सञ्चालक सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा-५ बलिया चौकका होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ बर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । उनीहरुले गएको माघ ७ गते एक महिलाको सामुहिक बलात्कार गरेका थिए । बेलुका करिब साढे ५ बजे इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याईदिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्‍याई करणी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

माघ ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । तत्काल सो घटना घटाई फरार रहेका राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी भने माघ ११ गते ईलामको सुर्योदय नगरपालिका-१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्