मन्त्रालय थप्ने निर्णय विरुद्ध एमाले

<span class='c1'>मन्त्रालय थप्ने निर्णय</span> <span class='c2'>विरुद्ध एमाले</span>

विराटनगर । प्रदेश सरकारले मन्त्रिमण्डललाई ६ बाट बढाएर १२ पु¥याउने लागेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले विरोध जनाएको छ ।

प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएको अवस्थामा थप मन्त्रालय बढाएर धान्नै नसक्ने आर्थिक भार थप्न खोजेको भन्दै गठबन्धन सरकारको आलोचना गर्नु भएको हो ।

प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि औचित्य नभएका मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन एमाले प्रदेश कमिटिले आग्रह गरेको छ । प्रदेशसभाबाट पारित योजनाहरु खारेज गरिएको, योजनाहरुमा विनियोजित बजेट कटौती गरिएको, विकासका काम ठप्प गरेको र भ्रष्टाचार बढाएको भन्दै न्यौपानेले प्रदेश १ को गठबन्धन सरकारको आलोचना गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्