विराटनगरमा जनमत पार्टीको सडक आन्दोलनमा बालबालिका प्रयोग(फोटो फिचर)

<span class='c1'>विराटनगरमा जनमत पार्टीको सडक</span> <span class='c2'>आन्दोलनमा बालबालिका प्रयोग(फोटो फिचर)</span>

विराटनगर । सडक जाम गर्ने भनेर बुधबार नै घोषणा गरेको जनमत पार्टीले विराटनगरमा आज गरेको विरोध प्रदर्शनमा बालबालिका प्रयोग गरेको भेटियो ।

जनमत पार्टीले विगत लामो समयदेखी किसानको मुद्धालाई लिएर आन्दोलन गर्दै आएको छ ।

विराटनगरमा पनि आज किसान आन्दोलनलाई बल दिनेगरी गरेको विरोध प्रर्दशनमा बालबालिकालाई पार्टीको झन्डा बोकाएर विरोध प्रदर्शनमा उतारेको थियो । बालबालिकालाई कुनै पनि राजनितीक दलहरुले आन्दोलन र विरोध प्रदर्शनमा प्रयोग गर्न नहुने भन्ने स्पष्ट निर्देशिकामा उल्लेख गरेको छ । तर पनि यता विराटनगरमा भएको जनमत पार्टीको आन्दोलनमा भने खुलेआम बालबालिकाहरुलाई झण्डा बोकाएर विरोध प्रदर्शनमा लगेको भेटियो ।

आन्दोलनकर्ताहरुले विराटनगरको महाविर चौक स्थित धरान विराटनगर सडक खण्ड अन्तर्गत एक घण्टा जति विच सडककमा बसेर यातायात अवरुद्ध पार्न खोजेका थिए । तर मोरङ प्रहरीले कडा र बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेपछि यातायतामा कुनै अवरोध पुगेन ।

जनमत पार्टीले किसानलाई राज्यले सधैं वेवास्ता गरेकोले यसपालीको किसान आन्दोलन सफल बनाउन सवैले तह र तप्काका नागरिक उठ्ने पर्ने बताउँदै आएको छ । यसै क्रममा किसानलाई समयमा मलखाद उपलब्ध गराउनु पर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क दिनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राख्दै आएको । यसैविच भोली विराटनगरमा सडकमा बसेर सवारीसाधनलाई अवरोध हुने गरी यातायात अवरुद्ध पार्ने कार्यक्रम रहेको जनमत पाटीका कार्यकर्ता विष्णु राजवंशीले जानकारी दिए ।

यसअघि विराटनगरको महेन्द्रचौकमा बुधबार साँझ भेला मसाल जुलस सहित विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्