ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा ५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका वडा ४ बस्ने ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ ।
सोमबार बिहान करिब ११:३० बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए। लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ जनाएको छ ।