उदयपुर । पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका वडा ४ बस्ने २७ बर्षीय रबिन तामाङको सोमबार बेलुका करिब ३ बजे शब फेला परेको छ ।
तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका वडा ४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ कि.मि.दक्षिण उदयपुर कटारी नगरपालिका वडा १४ सुनकोशी नदिको किनारमा तामाङको लाश फेला परेको छ ।
कानुनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।