मन्त्री कार्कीद्वारा उदयपुरको सुरक्षाबारे ‘ब्रिफिङ’

<span class='c1'>मन्त्री कार्कीद्वारा उदयपुरको</span> <span class='c2'>सुरक्षाबारे ‘ब्रिफिङ’</span>

उदयपुर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसङ जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिनुभएको छ ।

मङगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्लामा सुरक्षाको व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको बताउनुभयो । सम्भावित आपराधिक गतिविधिलाई ख्याल गर्दै प्रहरी उच्च सतर्कतामा रहेको उहाँले जानकारी दिनुभयो ।

उदयपुरका प्रहरी प्रमुख सुवास चन्द्र बोहराले जिल्लामा प्रहरी भ्यानको आवश्यकता परेको बताउनुभएको छ ।

मन्त्री कार्कीले जिल्लामा सुरक्षा कायम गर्न सरकारले आवश्यक काम गर्ने बताउनुभयो । जिल्लामा रहेका प्रहरी कार्यालयको मर्मत सम्भार, नयाँ भवन निर्माणमा सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्