ट्वाईलेटको हजमा फसेर सुनवर्षीमा बालकको मृत्यु

<span class='c1'>ट्वाईलेटको हजमा फसेर सुनवर्षीमा</span> <span class='c2'> बालकको मृत्यु</span>

रबिन्द्र बराल
रंगेली । मोरङ सुनवर्षी नगरपालिका ९ स्थित बि.पि. आधारभुत विधालयको ट्वाईलेटको हजमा फसेर बालकको मृत्युु भएको छ। विद्यालयको शौचालयमा खुल्ला रहेको हजमा ३ वर्षीय बालक खेम दास हिजो डुबेका थिए । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिनुभयो ।

बालकका अभिभावक चनन्दन खाँडी घर भएका भेडुवाथानमा चिया पसल गर्दै आएका थिए । बाबु सन्तोसकुमार दास चिया पसलमा रहेका बखत आमा जमुना शौचालय गएकी थिइन् । त्यहि बेला बालकले आमालाई पछ्याउँदै जाँदा शौचालय पछाडीको हजमा डुब्न पुगेका हुन् ।
प्रहरीका अनुसार हजमा खसेर सख्त घाइते भएका बालकलाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्