बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

<span class='c1'>बलेरोको ठक्करबाट स्कुटर</span> <span class='c2'>चालकको मृत्यु</span>

झापा । झापाको कमल गाउँपालिका वडा ४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवशताक्षी वडा ८ बस्ने ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । बिहिबार बेलुका करिब ३ बजे पुर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले विपरित दिशा तर्फ आउँदै गरेको मे.६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा नै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्