चाउचाउ कारखानामा भीषण आगलागी

<span class='c1'>चाउचाउ कारखानामा</span> <span class='c2'>भीषण आगलागी</span>

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको छ ।

विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार आगो नियन्त्रणका लागि आवश्यक सबै प्रयासहरु भइरहेको छ ।

मनषा फुडद्वारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागिको कारण भने अहिलेसम्म नखुलेको बताईएको छ । एक साता अघि मेचीनगरमा नै एसएस फुटवेयरमा भएको भीषण आगलागीमा आठ करोडभन्दा बढीको क्षति भएको थियोे भने आगोलागि नियन्त्रण गर्न ७ घण्टा लागेको थियो ।

मेचीनगर नगरपालिकाको दमकल बिग्रेको करिब एक महिला बित्न लागेको छ। यही समयमा मेचीनगरका ठूला उद्योगमा निरन्तर आगलागी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्