विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघको एकाई सभापतिमा प्रा.डा.राजुराम थापा चयन हुनु भएको छ । त्रिवि प्राध्यापक संघ अन्तर्गत थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको हो ।
स्नातकोत्तर क्याम्पसमा प्राध्यापक संघ इकाईको उपसभापतिमा प्रा.डा.केशवप्रसाद गड्तौला, सचिव सुवासचन्द्र गौतम, सहसचिव सुर्यकुमार यादव, कोषाध्यक्ष पवनकुमार यादव र सदस्यहरुमा प्रकाशकुमार यादव, दानकुमार ढकाल चयन हुनु भएको हो ।