झापामा घर जल्दा समयमै दमकल नआएको भन्दै स्थानीयबासीद्वारा राजमार्ग अवरुद्ध

<span class='c1'>झापामा घर जल्दा समयमै दमकल</span> <span class='c2'>नआएको भन्दै स्थानीयबासीद्वारा राजमार्ग अवरुद्ध</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा लगातार दिनप्रतिदिन आगलागी घटना भैरहेको छ । मेचीनगर नगरपालिकाको दमकल बिग्रेको अवस्थामा राखिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको थियो । भने पुन:आइतबारमात्र मेचीनगर वडा ६ का दुईवटा घर जलेर ध्वस्त भएका छन् ।

मेचीनगरबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । मेचीनगर वडा ६ काँकडभिट्टामा आइतबार बिहान आगलागीबाट दुई घर जलेका हुन् ।

आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भएका छन् । आगो निभाउन मेचीनगरको दमकल घटनास्थलमा पुग्न नसकेका कारणले स्थानीयबासी आक्रोशित भएका हुन्।

मेचीनगर नगरपालिकाको दमकल बिग्रेको करिब एक महिला बित्न लागेको छ। यही समयमा मेचीनगरका ठूला उद्योगमा र घरहरुमा निरन्तर आगलागी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्