विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ बटुकको ब्रतबन्ध

<span class='c1'>विराटनगरस्थित बंगलामुखी मन्दिरमा</span> <span class='c2'>१२ बटुकको ब्रतबन्ध</span>

विराटनगर । विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गरिएको छ ।

नेपाली भाषा सांस्कृतिक संघ झी पुचले धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्दै विराटनर, धरान र इनरुवका १२ जटा बटुकहरुको सामूहिक ब्रतबन्ध गरिएको झि पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए ।

सामुहिक ब्रतवन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले झि पुच विराटनगरले सामूहिक ब्रतबन्ध वर्षौदेखि गर्दै आएको छ ।
यसअघि नेवार कन्याहरुको सामुहिक इही अर्थात बेलविवाह सम्पन्न गरेको थियो । केही दिन अगाडी २२ जना नेवार कन्याहरुको सामुहिक बेलविवाह सम्पन्न भएको झी पुचका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्