दाउराको चिरपट प्रहार गरेर छोराले गरे आमाको हत्या

<span class='c1'>दाउराको चिरपट प्रहार गरेर</span> <span class='c2'>छोराले गरे आमाको हत्या</span>

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका वडा ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।

आइतबार बेलुका करिब ४:३० बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको राती करिब १०:२५ बजे मृत्यु भएको हो । हत्या गर्ने गंगाप्रसाद अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्